दफा १६
मानव संसाधन विकास
११.१६.१. गुणात्मक तथा संख्यात्मक पक्षहरु समाहित गरी सूचना तथा सञ्चार प्रविधि सम्बन्धी मानव संसाधन विकास योजना तर्जुमा गरी लागु गरिनेछ ।

११.१६.२. सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा मानव संसाधन विकासमा संलग्न शिक्षण संस्थाहरु, तालिम प्रदान गर्ने निकायहरुबाट विषय वस्तुको गतिशीलता बमोजिम्‌ पाठ्यक्रम परिमार्जन गर्ने नीति अवलम्वन गरिनेछ । यस अनुरुप उक्त संस्थाहरुको क्षमता अभिवृद्धि गर्दै लगिने छ ।

११.१६.३. मानव संसाधनका कार्यक्रमहरु तर्जुमा गर्दा युवा तथा लैंङ्गिक अवधारणालाई विशेष महत्व प्रदान गरिनेछ ।

११.१६.४. सूचना तथा सञ्चार विधामा गुणस्तरीय मानव संसाधन विकासको लागि आधारभूत विज्ञान तथा प्राविधिक शिक्षालाई परिमार्जन गर्दै लगिनेछ ।

११.१६.५. विद्यालय मार्फत समुदायलाई इन्टरनेट सेवामा आवद्ध गर्न सामुदायिक विद्यालयहरुमा इन्टरनेट सेवा उपलव्ध गराईनेछ ।